शेयर काराेबारमा सकारात्मक सर्किट

57

काठमाडाैं । शेयर बजार आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ ।

आज जलविद्युतबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । २ सय २२ वटा कम्पनीकाे २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्सुरेन्सको तीन करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज अभियान लघुवित्तको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैल बढेको छ । सिटिजन्स् म्युचल फन्डकाे शेयर भने साढे चार प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here