स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह

72

काठमाडौं । काठमाडाैं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाएकी छन्।

बुधबार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरूलाई चिन्ह वितरण गरेको थियो। सेलरोटीको चाङ चुनाव चिन्ह पाएपछि दर्शनाले खानाका रूपमा सेलरोटी आफ्नो मनसँग निकै नजिक रहेको बताएकी छन्।

केही वर्ष पहिले तिहारका बेला दर्शनाले सेलरोटी पकाएर बेच्ने काम गरेकी थिइन्। २०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौंको मेयर उठेकी थिइन्, नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन्।

उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन्। उनी यसपालिको स्थानीय तह चुनावमा भने उठेकी थिइनन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए।

त्यसबेला यो क्षेत्रमा विवेकशील साझाबाट तत्कालीन अध्यक्ष उज्ज्वल थापा उठेका थिए। थापाले छ हजार आठ सय ५३ मत ल्याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here