डेंगु सङ्क्रमितकाे संख्या ४९ जना मृत्यु, ४१ हजारभन्दा बढीमा पुष्टि

46

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथयाङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । नेपालमा सात प्रदेशका ७७ वटा जिल्लामा ४१ हजार ७४३ जनामा डेंगु पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here