काठमाडौं । पाकिस्तानमा भएको उपचुनावमा इमरान खानले कीर्तिमानी जित हात पारेका छन् ।
नेशनल असेम्बलीको ८ र प्रान्तीय विधानसभाको तीन सिटका लागि आइतबार उपचुनाव भएको थियो ।
पीटीआईका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री इमरान खान आफैं नेशनल असेम्बलीको ७ क्षेत्रमा उम्मेदवार थिए । आफ्नो पछिल्लो रेकर्ड तोड्दै उनी ६ मा विजयी भए । २०१८ को आम चुनावमा उनले नेशनल असेम्बलीको ५ सिटमा चुनाव जितेर रेकर्ड बनाएका थिए ।
पञ्जाबको तीन प्रान्तीय सिटमा पीटीआईले दुई र मुस्लिम लीग–नूनले एक सिट जितेको छ । चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक स्पेश बनाउने विश्लेषण भइरहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

















