दुई वर्षे बालकजत्तिकै बुद्धिमान कुकुरबारे दश रोचक तथ्य  

45

काठमाडौं ।  सोमबार (आज) कुकुर तिहार। हिन्दू संस्कृतिअनुसार कुकुरलाई रक्षकका रुपमा मानेर पूजा गर्ने चलन छ। आज देशभरका हिन्दू धर्मावलम्बीले कुकुरलाई पूजा गरेर कुकुर तिहार मनाउँदैछन्।

कुकुरहरू महान छन्। कुकुरले हामीलाई माया, सदाचार्य प्रदान गर्दछन् र हामीलाई आवश्यक परेको बेला हामीसँगै हुन्छन्।

मानवीय सभ्यताको विकास क्रमसँगै कुकुरको साथ रहँदै आएको छ। कुकुरलाई सचेत र बफादार साथीका रुपमा लिने गरिन्छ।

१. गन्ध पत्ता लगाउने क्षमता मानिसभन्दा ४० गुणा राम्रो हुन्छ
मस्तिष्कमा विभिन्न गन्ध पत्ता लगाउने कोशिकाहरूको क्षेत्र कुकुरहरूमा मानिसको तुलनामा ४० गुणा ठूलो हुन्छ। यसको मतलब तपाईंको कुकुरले हामीलेभन्दा पहिले बढी गन्ध लिन सक्छ। यही कारणले गर्दा कुकुरलाई प्रायःमानिसले लागुपदार्थ नियन्त्रण र पत्ता लगाउने कार्यमा प्रयाग गर्दछन्।

२. चिकित्सा समस्या सुँघ्न सक्छन्
मेडिकल परीक्षणका लागि पनि कुकुरको प्रयोग गरिन्छ। किनभने कुकुरको गन्ध पत्ता लगाउने क्षमता बढी हुन्छ। गन्ध पत्ता लगाउने क्षमता बढी भएकै कारण कुकुरले आफ्नो मालिकको स्वास्थ्य अवस्थाबारे पनि जानकारी राख्छन्।

क्यान्सरसहितका अरु रोग पत्ता लगाउनका लागि कुकुरलाई प्रशिक्षित गर्न सकिन्छ। कुकुरमा कुनै पनि व्यक्तिको श्वासको गन्धबाटै पनि क्यान्सर सेलबारे जानकारी पाउन सक्ने क्षमता हुन्छ।

३. कुकुरले श्वास फेर्ने र सुँघ्ने कार्य एकै समयमा गर्न सक्छन्
कुकुर खाँदा, सम्भावित खतरा हुँदा र साथीहरू खोज्नको लागि गन्धमा निर्भर हुन्छ। त्यसैले पनि धेरै सुँघ्छन् भन्न आवश्यक छैन। गन्ध नाकमा रहिरहने गरी कुकुरको नाकको बनावट बनेको हुन्छ।

सोही कारण अक्सिजन कुकुरको फोक्सो भित्र र बाहिर एकैसाथ जानसक्छ। जसको मतलव कुकुरले स्वतन्त्र रुपमा श्वास फेर्न सक्छन्।

४. अविश्वसनीय पौडीबाज
कुकुर एक राम्रो पौडीबाज पनि हो। न्यूफाउन्डल्याण्ड प्रजातिको कुकुरको पौडी खेल्ने क्षमताकै कारण मानविय उद्धारमा पनि प्रयोग गरिँदै आएको छ। सन् २०१६ मा व्हिज नामक कुकुरलाई आफ्नो उद्धार करिअरमा ९ जना मानिसलाई समुद्रबाट उद्धार गरेको भन्दै पीडीएसए अर्डर अफ मेरिटबाट सम्मानित गरिएको हो।

५. केही कुकुर चितुवालाई पनि हराउन सक्छन्
कुकुरलाई मानिसले सदियौंदेखि शिकारका लागि पनि प्रयोग गर्दै आएको छ। हिमाली क्षेत्रमा पशु रक्षा र शिकारका लागि अहिले पनि कुकुरको प्रयोग हुँदै आएको छ।

केही कुकुरले त चितुवालाई पनि हराउन सक्छन्। साथै कुकुर एक कुशुल म्याराधन धावक पनि हुन्। मानिसलाई सहजै पछि पार्नसक्ने क्षमता कुकुरमा हुन्छ। केही कुकुरले त चितुवाको दौडलाई पनि पछि पार्छन्। चितुवाले ७० माइल प्रतिघण्टासम्मको दूरीमा दौडिन सक्छ। तर, चितुवाले उक्त गति ३० सकेण्डसम्म मात्र कायम राख्न सक्छ।

६. मानिसजस्तै कुकुरले पनि पसिना निकाल्छन्
जब कुकुरलाई पसिना आउँछ तब मानिसको जस्तै तत्काल शरीर ओसिलो बन्दैन। मानिसले पानीको तरल पसिना बगाउँछ। कुकरले भने फेरोमोनले भरिएको तरल पदार्थ उत्पादन गर्दछ। जुन हानिसले पत्ता लगाउन सक्दैन। कुकुरले खुट्टाका पञ्जाबाट पसिना बगाउँछन्।

७. कुकुरको श्रवण शक्ति अति संवेदनशील हुन्छ

हामी सबैलाई थाहा छ कुकुरले मानिसभन्दा धेरै उच्च आवृत्तिहरू सुन्न सक्छ। सामान्यतया कुकुरले मानिसभन्दा धेरै नरम आवाजहरु पनि सुन्न सक्छ। त्यसैले त धेरै टाढाको आवाज सुनेर कुकुर सचेत हुन्छ।

८. कान नियन्त्रण गर्ने १८ मांसपेशीहरू 
यदि तपाईंसँग कुकुर छ भने याद गर्न सक्नुहुन्छ नि उनीहरुका कान वरिपरी घुम्छन्। कुकुरको कानमा करिब १८ मांसपेशीहरु छन्।

कानलाई दायाँ–बायाँ घुमाउनका लागि यी मांसपेशीले सहयोग गर्दछन्। कुकुरले आफ्नो भावना र महशुसलाई कानको माध्यमबाट व्यक्त गर्दछन्।

९. कुकुर दुई वर्षे बालकजत्तिकै बुद्धिमान हुन्छन्
औषत रुपमा कुकुरको बौद्धिक क्षमता दुई वर्षको बालकको जस्तै हुन्छ। अमेरिकन साइकोलोजिकल एसोसिएसनका अनुसार कुकुरले २५० शब्दसम्म सिक्न सक्ने र त्यसअनुसारका हावभाव प्रस्तुत गर्न सक्छ, जुन दुई वर्षको शिशु बराबर हो।

१०. चुम्बकीय क्षेत्रसँग सामजस्यता भएपछि मात्रै दिसा गर्छन्
कुकुरले आफ्नो शरीरको सामजस्यता पृथ्वीको चुम्बकीय क्षेत्रसँग भएपछि मात्रै दिसा गर्छ। फ्रन्टियर इन जूलोजी जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदन अनुसार पृथ्वीको चुम्बकीय क्षेत्रमा हुने सामान्य परिवर्तनप्रति पनि कुकुरहरु संवेदनशील हुन्छन्।

चुम्बकीय क्षेत्र सामान्य रहेका बेला कुकुरले उत्तर–दक्षिण अक्ष पारेर दिसा गर्छन्। उनीहरुले पूर्व–पश्चिम अक्ष ‘अभोइड’ गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here