चार जना जुवाडे पक्राउ

91

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गएराती वीरगञ्जको अलौमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षका अनिल प्रसाद शाह, ४० वर्षका मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मिया छन् । आरोपीहरु विरगञ्ज–१७ का स्थानिय हुन् । जुवाखालबाट १ लाख १८ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here