काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमित थपिएका छन् ।
एक हजार ८४ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । २२९ जनामा गरिएको पीसीआर परीक्षणमा नौ जना र ८५५ जनामा गरिएको एन्टीजेन परीक्षणमा ११ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ३४ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५५२ पुगेको छ ।


















