काठमाडाैं । कीर्तिपुरको चुक रेष्टुरेन्टमा वाङ्मय शताब्दी पुरूषको सत्य मोहन जोशीको तेह्रो दिनको पुण्य तिथीमा नेवाः देय् दबु कीर्तिपुर वडा नं. १ कमिटीले श्रद्वाञ्जली सभा कार्तिक ११ गते शुक्रबार गरेकाे छ ।
सो श्रद्वाञ्जली सभा नेवाः देय् दबु कीर्तिपुर वडा नं. १ कमिटीका सचिव श्रीकृष्ण तन्दुकारले सञ्चालन गरिएको सभामा नेवाः देय् दबुका स्वनिगः प्रदेश सदस्य नरेश श्रेष्ठ, रामभोला महर्जन काठमाडाैं जिल्ला अध्यक्ष, उक्त कमिटीका सललाहकार विर बहादुर महर्जन, साहित्यकार अर्जुन नेपाःमि, प्रा.डा. कृष्ण भक्त महर्जन, सरल गोपाल महर्जन (कीर्तिपुर नगर कमिटी सदस्य) लगायतको उपस्थिति रहेको थियाे ।
साे श्रद्वाञ्जली सभामा एवम् नेवाः देय् दबू कीर्तिपुर नगर कमिटीका अध्यक्ष बुद्धिलाल ज्यापूले सत्य मोहन जोशीले तीन पटकसम्म मदन पुरस्कार जितेर जीवनभर भाषा साहित्य, संस्कृतिको संरक्षण, सम्बद्धन र प्रवद्र्धनमा अघि बढिरहेको चर्चा गर्दै उहाँको जीवनीबाट सम्पूर्ण नेपालीहरुले उहाँको योगदान नभुलिइकन प्रेरणा लिनु पर्ने धारणा राखेका थिए ।






















