विभिन्न धनमाल चोरी

46

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ बस्ने सुमित्रा थापाको घरबाट मंगलबार राति सुनको गरगहना अन्दाजी ६ तोला र नगद १० लाख रूपैयाँ चोरी भएको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट पानीट्याङ्की नजिक बस्ने ३४ वर्षीय राजु थापाको घरबाट मंगलबार दिउँसो नगद ४० हजार रूपैयाँ र विभिन्न सरसामान समेत गरी ४ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-३ इमाडोल बोझेपोखरी सिर्जना टोल डेरा गरी बस्ने रोल्पा घर भएका हुकुम बहादुर बुढामगरको कोठाबाट नगद ८० हजार रूपैयाँ र १० लाख बराबरको गरगहना मंगलबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here