महाशाखाले अहिलेसम्म मापसे गरेर सवारीसाधन चलाउने, लेन नियम उल्लंघन र रातो बत्ती क्रस गरेमा नियमानुसार कारबाही गरी अनिवार्य सचेतना कक्षा लिने गरेको थियो ।
ट्राफिक प्रहरीले तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढेसँगै रोकथामका लागि सचेतना कक्षा अनिवार्य गर्न लागेको हो । जरिमाना मात्र अनिवार्य गर्दा तीव्र गतिमा सवारीसाधन चलाउनेको संख्यामा कमी आउन सकेको छैन ।
ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ‘-याडर गन’ अर्थात् सवारी साधनको गति नाप्ने यन्त्रमार्फत गति चेकजाँच गर्ने गरेको थियो । यसअघि, तीव्र गतिमा चलाएको पाइएमा पनि जरिमाना मात्र गरेर छाडिने गरिएको थियो । राजधानी दैनिकबाट
















