सवारी दुर्घटनामा दुई जनाको मृत्यु

47

काठमाडौं ।  पर्वतकाे पैंयु गाउँपालिका-३ चिउँरीडाँडामा लु.४ त ९७७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल बारीमा पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २९ वर्षीय महेन्द्र सुनारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनालाई उपचारको लागि स्थानीय मञ्जुश्री मेडिकल पठाइएको छ ।

उदयपुर, कटारी नगरपालिका-४ ककुर खोला पुलस्थित सडकमा स.८ प २९७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कटारी नगरपालिका-५ बलाहा बस्ने २३ वर्षीया प्रमिला परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै श्रीमान प्रेम बहादुर परियार र छोरा हिमाल परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here