मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला

69
sf7df8f}F, ! h]7 . sf7df8f}Fsf] rGb|flu/Ll:yt rGb|flu/L gu/kflnsfsf] ejgdf /x]sf] lgjf{rg clws[tsf] sfof{nodf dtu0fgf ul/Fb} . t:jL/ M k|bLk/fh jGt, /f;;

म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ ।  मालिका गाउँपालिका ५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका १ सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो ।

हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरूले छानबिन र कारबाहीको माग गरेका छन् ।  सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनको हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धान हुनुपर्ने माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको जनाएको छ ।

धवलागिरि गाउँपालिकाका १ देखि ५ वडा सम्मको मतगणना गर्दा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) ले पाँच हजार तीन सय ७० मत प्राप्त गरी अग्रता कायम गरेका छन् । यसैगरी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार छ सय ४९ मत प्राप्त गरी गर्बुजालाई पछ्याएका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जालीले ५ हजार १ सय ७४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजाले चार हजार आठ सय ५१ मत प्राप्त गरी पछ्याइरहेका छन् । सोमबार बेलुकीदेखि थालिएको मतगणनामा आज बिहानसम्म धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र ५ नम्बर वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here