काठमाडाैं । गोरखा-२ बाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल दोब्बरभन्दा बढी मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजारभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले २६ हजार १०३ मत पाए भने बुर्लाकोटीले १२ हजार ६३७ मत पाएका थिए।
नेकपा (एमाले)का उम्मेदवार अब्दुससदाम मियाँ तेस्रो स्थानमा रहे। उनले सात हजार ३९३ मत पाए।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील पन्तले एक हजार ८१५, मंगोल नेशलन अर्गनाइजेशनका सोमबहादुर गुरुङले एक हजार १६४ र स्वतन्त्र उम्मेदवार गणेश देवकोटाले ६४८ मत पाए।


















