अवैध लागूऔषध सहित पक्राउ

53

धादिङ, । गल्छी गाउँपालिका-६ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित रुपन्देही तिलोतमा नगरपालिका-१ बस्ने ३२ वर्षीय तिल बहादुर थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ७३९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी ट्रक चालक थारुलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त गाँजा पठाउने बागमती प्रदेश ०२-०३१ प ०६८० नम्बरको मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका-६ बस्ने २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छी गाउँपालिका-५ बस्ने २५ वर्षीय सुनिल तामाङलाई समेत प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here