सवारी दुर्घटनामा चार जनाको मृत्यु

53

काठमाडौं । दार्चुला, नौगाड गाउँपालिका-३ स्थित सडकमा सु.प.प्र.०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गर्ने क्रममा पल्टिएर बिहीबार दिउँसो दुर्घटना हुँदा सडकको तलपट्टी जाली भर्ने काम गर्ने कैलाली गोदावरी नगरपालिका-२ बस्ने ५० वर्षीय पल्टुराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरले थिचेर गम्भीर घाइते भएका सोही नगपरपालिका-४ बस्ने ४५ वर्षीय कालुराम चौधरीकोई गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । सर्लाही, ईश्वरपुर नगरपालिका-१२ बाँके जँगलमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा प्र.२–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल चालक पर्सा साविक 3 मिर्जापुर गाविस-१ घर भएका ३८ वर्षीय बाबुलाल प्रसाद साह र प्र.२–०३–०१७ प ७१८७ नम्बरको मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-२३ पोखरिया बस्ने २६ वर्षीय राम लोचन पटेल रहेका छन् । दुवै मोटरसाइकल एक-आपसमा ठोक्किएर स.९ प १५९१ नम्बरको मोटरसाइकल समेत ठोक्किएर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल मलगंवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स.९ प १५९१ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सत्यनम हेल्थ केयर नवलपुरमा र प्र.२–०३–०१७ प ७१८७ नम्बरको मोटरसाइकलमा सवार एक जनाको गढीमाई अस्पताल लालबन्दीमा उपचार भइरहेको छ । सप्तरी, छिन्नमस्ता गाउँपालिका-४ लालापट्टी मुस्लिम टोलस्थित सडकमा स.१ त ६७४५ नम्बरको ट्याक्टरको ढालाबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने सनिचर खंगकी ८ वर्षीया शवसिका कुमारी खंगको मृत्यु भएको छ ।

ढालाबाट लडेर चक्काले किच्दा गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here