भोजपुरबाट माओवादीका सुदन किराँती विजयी

78

 

भोजपुर, भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुदन किराँती विजयी हुनुभएको छ।

किराँतीले नेकपा (एमाले)का शेरधन राईलाई दुई हजार ३ सय ८५ मतले पराजित गर्नुभएको हो।  उहाँले कुल खसेको मत ६१ हजार ८ सय ३० मध्ये २८ हजार ५ सय ७८ मत पाउनुभएको छ। पूर्व मुख्यमन्त्रीसमेत रहेका उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का राईले २६ हजार १ सय ९३ मत पाउनुभयो।

भोजपुर प्रदेश सभा (क) बाट नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव राजेन्द्रकुमार राई विजयी हुनुभएको छ। प्रदेश १ का मुख्यमन्त्रीसमेत रहनुभएका राईले १६ हजार १ सय १० मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राईले १२ हजार २ सय २३ मत पाउनुभयो।

प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा विजयी हुनुभएको छ। वान्तवाले १३ हजार ५ सय ७९ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम कार्कीले १२ हजार ८ सय २८ मत पाउनुभएको छ। Gorkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here