काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले २१ मंसिरदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला हुने भएकाे छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
यस्तै जारी पूँजीको १० प्रतिशले हुन आउने ५ लाख कित्ता सेयर सर्वसाधाणका लागि छुट्याएको छ । सार्वजनिक निष्कासन गर्ने ५ लाख कित्ताको १० प्रतिशतले हुने ५० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई निष्कनस गरेको आईपीओमा ६ पुससम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको सेयरमा उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि २१ पुससम्म थप हुने आह्वानपत्रमा उल्लेख छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


















