विश्वकपबाट बेल्जियम बाहिरियाे

100

एजेन्सी । कतार विश्वकप फुटबलको समूहचरणको अन्तिम खेलमा बेल्जियम क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरिएको छ। फिफा वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमको यो निरासाजनक नतिजा हो।  बिहीबार भएको समूह एफ अन्तर्गतको खेलमा बेल्जियमलाई अघिल्लो चरण प्रवेशका लागि जित अत्यावश्यक थियो। तर क्रोएसियासँग बराबरीमा रोकिएसँगै बेल्जियमको यात्रा समाप्त भएको हो।

दुबै टिमले गोलका केही राम्रा मौका चुकाएका थिए। बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकुले गरेका उत्कृष्ट प्रयासहरू सफल नहुँदा बेल्जियमले सम्भावित नकआउटको अवसर गुमाएको थियो। सब्सटिच्युट खेलाडीको रुपमा मैदान छिरेका लुकाकूले अन्तिम समय सम्म टिमका लागि गोलको अवसरहरू बनाएपनि उनी सफल हुन सकेनन्।  त्यसअघि क्रोएसियाले एक पेनाल्टीको मौका पाएपनि भिएआरको सहयोगमा उक्त पेनाल्टीलाई डिसक्वालिफाइ गरिएको थियो।  त्यस्तै बिहिबारै भएको समूहकै अर्को खेलमा मोरक्कोले क्यानडालाई २-१ ले पराजित गर्दै समूह विजेताका रुपमा नकआउटमा स्थान पक्का गर्‍यो।

मोरक्कोका लागि जिएचले चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। एन न्यासेरिले २३ औ मिनेटमा गरे। पहिलो हाफमा गोल फर्काउने क्रममा क्यानडाले आत्मघाती गोल उपहार पाएको थियो। मोरक्कोका अग्वेर्डले बल क्लियरको प्रयासमा आफ्नै पोस्टमा गोल गरे।  खेलपछि समूहमा ७ अंकका साथ मोरक्को शीर्ष स्थानमा रहँदा क्रोएसिया ५ अंकका साथ दोस्रो हुँदै छनोट भए। बेल्जियमको ४ अंक रहँदा क्यानडा भने जितिविहिन बन्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here