एमालेका नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शंकास्पद वस्तु निस्कृय

88

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शंकास्पद वस्तु निस्कृय बनाइएको छ।

भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घर अगाडि प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो। घरअगाडि प्लास्टिकभित्र रहेको शंकास्पद प्रेसर कुकरलाई नेपाली सेनाको टोलीले निस्कृय बनाएको हो।

आज बिहान बास्कोटाको घर अगाडि शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो।

नेपाली सेना घटनास्थल पुगेर शंकास्पद वस्तु निस्कृय बनाएको हो। उक्त शंकास्पद वस्तु बम नरहेको सेनाको भनाइ छ। २०७६ फागुनमा पनि गोकुलको घर अघि बिस्फोट भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here