मेगा बैंक नेपालको शेयरमूल्य समायोजन

83

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) मेगा बैंक नेपालको शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २०४ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन अर्थात बुधबार बैंकको शेयर प्रतिकित्ता २१२ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो। बैंकले पुस ७ गते राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले मेगा बैंकको १०० कित्ता बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता शेयर हुने गरी एक आपसमा गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख रुपैयाँको ४ प्रतिशतले हुने आउने ६४ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस शेयर र ३।७९ प्रतिशतले हुने आउने ६१ करोड २ लाख रुपैयाँ ९कर सहित० नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here