बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी

89

काठमाडौं । बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत २ सय २७ रनले विजयी भएको छ।

इशान किशनको कीर्तिमानी दोहोरो शतकमा भारतले घरेलु टोली बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल २ सय २७ रनले जितेको हो।

चित्तागोङस्थित जहुर अहम्मद चौधरी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ४०९ रनको विशाल योगफल बनाएको थियो।

ओडीआईमा बनेको यो चोथौ ठूलो योगफल हो। ओपनर शिखर धवनलाई सस्तैमा गुमाएको भारतीय टोलीका लागि ईशान र विराट कोहोली मिलेर २ सय ९० रनको विशाल साझेदारी गरे।

ईशान एक सय ३१ बलमा २१० रनको दोहोरो शतकीय पारी खेले उनले १२० बलमा २४ चौका र १० छक्का प्रहार गरि दोहोरो शतक पूरा गरेका थिए।

ओडीआईमा कुनै पनि खेलाडीले बनाएको यो सबैभन्दा छिटो दोहोरो शतक हो। यस्तै कोहलीले एक सय १३ रनको शतकीय पारी खेल्दै टिमलाई बलियो योगफलतर्फ पुर्याए।

कोहलीको यो फम्यार्टमा ४४ औँ र समग्रमा ७२ औँ शतक हो।

जवाफमा उत्रिएको घरेलु टोली ३४ ओभरमा सबै विकेट गुमाएर १८२ रनमा समेटियो।

सकिब अल हसनले ४३ रन बनाएपनि अन्य खेलाडीको गतिलो साथ पाउन सकेनन्। सार्दुल ठाकुरले तीन तथा अक्षर पटेल र उम्रान मल्लिकले २–२ विकेट लिए।

यद्यपि, भारतले सिरिज भने २ –१ ले हारेको छ। अघिल्ला दुवै खेलमा बंगलादेश विजयी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here