रास्वपार्टीले समानुपातिकतर्फको सांसद टुंगो लगायो

70

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ।

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्ड भित्र रहेर १३ जना समानुपातिकतर्फका सांसदहरुको सूची टुंगो लगाएको हो। जस अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहनु भएको छ।

त्यसैगरी आदिवासी जनजातिको तर्फबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ रहनु भएको छ। खस आर्यबाट प्रा.डा.चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगी र विनिता कठायत सांसद बन्नुभएको छ।

लक्ष्मी तिवारी र मनिष झालाई मधेशीतर्फबाट चयन गरिएको छ भने अशोककुमार चौंधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरेर १३ जनालाई समानुपातिकतर्फको सांसद छनौट गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले पाएको १३ सिट अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहनुभएको छ। आदिवासी जनजातिको तर्फबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ रहनु भएको छ। खस आर्यबाट प्राध्यापक डाक्टर चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगे र विनिता कठायतलाई समानुपातिकमा समावेश गरिएको छ। लक्ष्मी तिवारी र मनिष झालाई मधेशीतर्फबाट राखिएको छ। अशोककुमार चौंधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरी १३ जनालाई छनौंट गर्ने गरी निर्णय गरिएको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात जना सांसदहरु निर्वाचित हुनुभएको छ। बैठकले निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदातालाई धन्यवाद दिँदै निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलगायतका सम्बन्धित सबै पक्षप्रति आभारसमेत व्यक्त गरेको पनि प्रवक्ता ढकालले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here