अध्यादेश खारेज गर्न नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चकाे माग

103

गम्भीर मुद्दाका अभियुक्तलाई पनि आममाफी दिन मिल्ने गरी सरकारले अघि बढाएको अध्यादेश खारेज गर्न नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले माग गरेको छ ।

अध्यादेश संविधानको मर्मतविपरीत रहेको र त्यसले वहालवाला सुरक्षाकर्मी, अवकाशप्राप्त सुरक्षाकर्मी र उनीहरुको परिवारलाई हतोत्साहित र निरास बनाएको भन्दै मञ्चले तत्काल खारेजीको माग गरेको हो ।

मंगलबार बसेको मञ्चको बैठकले सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेशको अध्यादेशको विरोध गरेको हो । पूर्वप्रहरी महानिरीक्षकहरू मोतिलाल बोहरा, अच्युतकृष्ण खरेल, धुव्रबहादुर प्रधान, शयमभक्त थापा, ओमबिक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली र शैलेश थापा क्षेत्री उपस्थित बैठकले अध्यादेश खारेजी गर्न माग गरेको हो ।

नेपाल प्रहरीका हितविपरीतका सबै क्रियाकलाप र निर्णयको आगामी दिनमा पनि विरोध गर्दै निर्णय मञ्जको बैठकले गरेको छ ।

टिकापुर हत्याकाण्डका अभियुक्तलाई आममाफी दिन सकिने गरी अध्यादेश अघि बढाएपछि बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीले असन्तुष्टि जनाएका छन् । सो घटनामा एसएसपीसहित सात प्रहरीको आन्दोलनकारीबाट हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here