शिक्षा र खेलकुदलाई सँगसँगै जोडेर लैजानु पर्छः बिजुक्छे

62

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताएका छन्।

आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता’ उद्घाटन गर्दै उनले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकाले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताए।

अध्यक्ष बिजुक्छेले भने, ‘खेलकुद क्षेत्रलाई राजनीतिसँग पनि अलग गर्न हुँदैन, समाजवादी देश क्युवाले खेलकुदमा धेरै प्रगति गरेको उदाहरण हामीसामु छ। स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडी खेलकुदमा सहभागी हुनुपर्छ।’ उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नसके राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here