संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिएको हो ।
उनले दक्षिण सुडानलाई तत्कालको आपतकालीन प्रयोजनका लागि एक करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको बताएका छन् ।
उनीहरुको आधारभूत आवश्यकता तथा महिला र बालबालिकाको उद्धारका लागि सो सहयोग रकम उपलब्ध गराइएको उनले जानकारी दिएको हो ।आप्रबासन सम्बन्धी एक विश्व संस्था, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रसंघीय बालकोष लगायतका संघसंस्थाहरुले पनि दक्षिण सुडानलाई पहिले केही सहयोग रकम उपलब्ध गराएका थिए ।
ती संस्थाहरुले हालै प्राप्त भएको मानवीय सहायतासम्बन्धी रकमको सही सदुपयोग गरेर यहाँका निकै अप्ठ्यारोमा परेका नागरिकको सहयोगमा लगाउनुपर्ने धारणा राखेका छन् । रासस


















