सरकारले गन्तव्य बिर्सिएपछि ठट्टा गर्ने थेगो बन्दै ‘समृद्ध नेपाल सुखी नेपाली’

458

काठमाडौं / जनधारणा साप्ताहिक र स्वाभिमान डट कम (www.swaviman.com) का सम्पादक निमकान्त पाण्डेले वर्तमान सरकार अल्मलिएको, सरकारले आफ्नो गन्तव्य बिर्सिएको र चुनावमा जाँदा घोषणामार्फत गरिएको प्रतिबद्धतातर्फ ध्यान नपु¥याएको भन्दै सरकारको कार्यशैलीको चर्को आलोचना गर्नुभएको छ ।

डाँफे टिभी डट कमसंग संवाद गर्दै सम्पादक पाण्डेले सञ्चारमाध्यमहरुमाथि नियन्त्रण गर्ने सोच बनाउनुभन्दा देश र जनताको हितमा काम गर्नतर्फ सरकारले अग्रसरता देखाउनुपर्ने सुझाव पनि राख्नुभएको छ । सरकारले राम्रो काम गर्ने हो भने त्यसको प्रचारका निम्ति पनि सञ्चारमाध्यमको आवश्यकता हुन्छ भन्ने कुरा सरकारमा पुगेकाहरुले बुझ्नु आवश्यक छ भन्दै पाण्डेले सरकारलाई सकारात्मक कामतर्फ ध्यान दिन सकेमा सञ्चारमाध्यमले विरोध गनुपर्ने आवश्यकता नहुने पनि व्यक्त गर्नुभएको छ । सुनौं उहाँकै शब्दमा भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here