विद्यालय पनि साताको दुई दिन बिदा हुने

134

काठमाडौँ— सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बिदा हुने भएका छन्।

सरकारी कार्यालयँगै  विद्यालय र कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो।शिक्षामन्त्री देबेन्द्र पौडेलका अनुसार शनिबार र आइतबार छुट्टी हुने विद्यालय तथा कलेजहरु साताका बाँकी पाँच दिन भने बिहान ९: ३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुनेछन्।

विद्यालय तथा कलेजका कार्यालयहरु भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्।सरकारले परीक्षणका रुपमा आगामी जेठ १ गतेदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने र कार्यालय समय बिहान साढे नौ बजेदेखि साढे पाँच बजेसम्म गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here