धनुषाका सबै विद्यालय बन्द

57

ढल्केबर । शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले आज (शुक्रबार) धनुषाका सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् ।

नेपाल शिक्षक सङ्घ धनुषाका अध्यक्ष रामसिनेही यादवले नगराइन नगरपालिकाका शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शुक्रबार जिल्लाका सबै सामुदायिक विद्यालयको पठनपाठन बन्दको आह्वान गरिएको बताउनुभयो । नगराइन नगरपालिकाका शिक्षकहरु विगत पाँच महिनादेखि तलबभत्ता नपाएपछि मङ्सिर १८ गतेदेखि आन्दोलनरत रहेको उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखि नगरपालिकाको कार्यालय अगाडि शिक्षकहरु धर्ना दिएर आन्दोलनमा रहे पनि हालसम्म स्थानीय तहले तलबभत्ता उपलब्ध गराउने कुनै ठोस पहल नगरेकाले दबाब दिने उद्देश्यले यस्तो गरिएको नेपाल शिक्षक सङ्घ धनुषाका अध्यक्ष यादवले बताउनुभयो । विजयकुमार साह गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here