बैंकिङ कसूर मुद्दामा फरार दुई पक्राउ

35

काठमाडौं  । बैंकिङ कसूर मुद्दामा फरार दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–५ घर भएर चितवन बस्ने ५१ वर्षीय पंचम अकौलिया र खोटाङ घर भएर काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ४८ वर्षीय जयकृष्ण राई छन् ।

पाटन उच्च अदालतले २०७९ जेठ २४ मा पंचमलाई ५ दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको थियो । २०७९ चैतमा जयकृष्णलाई २ दिन कैद र ५ लाख जरिवान ठहर गरेपछि उनि फरार थिए ।

पंचमलाई चितवनको भरतपुरबाट र जयकृष्णलाई काठमाडौंको चुनिखेलबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ । उनीहरूलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here