म मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र बिदाइमा पनि निराश छैन

53

उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताए । 

‘मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ’, उनले भने, ‘यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।’ उनी आफू बिदाइ हुने क्रममा निराश नभएको बताए। ‘म मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र बिदाइमा पनि निराश छैन, नयाँ मन्त्रीलाई कार्यकालको शुभकामना दिन्छु’, उनले भने ।

उनले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोभिड-१९, हैजा र डेङ्गु महामारी रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तार भएका उपलब्धि महत्वपूर्ण भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here