सिद्धार्थ बैंकको २० औँ वार्षिकोत्सव सम्पन्न

61

काठमाडाैं । १७ औँ वाणिज्य बैंकको रूपमा २०५९ साल  हिजाे सोमवार कै दिनमा स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २० औँ वर्ष पूरा गरेको छ । बैंक सञ्चालनको २० वर्ष पूरा भएको अवसरमा बैंकले काठमाण्डौको होटल सोल्टीमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बंैकका डेपुटी गभर्नर मिश्रले बैंकको सबल पक्षहरूको उल्लेख गर्दै आउँदा दिनका लागि दिगो प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले बैंकको संक्षिप्त यात्राको वर्णन गर्र्दै धन्यवाद मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, बैंकका संस्थापक अध्यक्ष चिरंजीलाल अग्रवाल, सञ्चालक समितिका सदस्य, संस्थापक तथा शेयरधन, प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता रहेको थियो ।

बैंकले आफ्नो सञ्चालनको २० औँ वर्ष पूरा गरेको अवसरमा डिजिटल बैंकिङ प्रणालीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रकारका छुट योजनासमेत सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट  मा प्राप्त गर्न सकिनेछ ।

बैंकले आफ्नो स्थापनाको २० औँ वार्षिकोत्सवको अवसर पारेर काठमाण्डौको नक्सालमा नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेको छ । बैंकका संस्थापक अध्यक्ष अग्रवाल र वर्तमान अध्यक्ष केडियाले संयुक्तरूपमा भवनको उद्घाटन गर्नुभएको हो ।

यसैगरी बैंकले उद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा त्योभन्दा बढी निरन्तर कार्यरत रही योगदान प्रदान गरेका कर्मचारीलाई पनि सम्मान गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here