मध्य राती बागलुङमा ५.३ म्याग्निच्युडको भूकम्प गयाे

66

काठमाडौं । बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो । त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान करिब साढे तीन बजे पनि अधिकारी चौरमै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाग्लुङसहित छिमेकी जिल्लामा पनि महसुस भएको थियो । यो प्रकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको विवरण भने अहिलेसम्म आइपुगेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here