डच खेलाडी गाक्पो लिभरपुलले भित्र्यायो

44

लिभरपुलले डाक्पोलाई डच क्लब पीएसभी आइन्डहोभनबाट ४५ मिलियन पाउन्डमा ६ वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । २३ वर्षीय गाक्पो आधिकारिक रूपमा जनवरी ट्रान्सफर विन्डोको सुरुमा लिभरपुलमा सामेल हुनेछन् । उनको सम्झौता २०२८ को समरसम्म छ । उनले लिभरपुलमा १८ नम्वरकाे जर्सी लगाउनेछन् ।

२३ वर्षीय गाक्पोले बुधबार राति कागजी प्रक्रियासागै मेडिकल पनि पूरा गर्दै लिभरपुलसँग सम्झौता गरेका हुन् । फिफा विश्वकप कतार २०२२ मा नेदरल्यान्ड्सलाई क्वार्टरफाइनलसम्म पु¥याउन गाक्पोले समूह चरणको सबै तीन खेलमा तीन गोल गर्दै प्रभावशाली प्रदर्शन गरेका थिए ।

गाक्पो अनुबन्धमा अर्काे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले चासो देखाएपनि लिभरपुलले बाजी मारेको हो । गाक्पो यो सिजन उच्च लयमा छ । पिएसभीका लागि उनले यो सिजन १४ खेलमा ९ गोलसँगै १२ असिस्ट दिएका छन् । उनले युरोपा लिगका पाँच खेलमा तीन गोल र दुई असिस्ट पनि गरेका छन् । विश्वकपमा, उनले समूह चरणमा सेनेगल, इक्वेडर र कतारविरुद्ध गोल गरेका थिए ।

‘म प्रशिक्षण सुरु गर्न र यो अद्भुत क्लबको लागि खेल्न उत्सुक छु ।’ लिभरपुलमा सम्झौता गरेपछि गक्पोले भने, ‘यो मेरो लागि एक उत्कृष्ट क्लब हो । टोलीलाई अझ सुन्दर क्षणहरू प्राप्त गर्न मद्दत गर्ने प्रयास गर्नेछु । मलाई लाग्छ व्यक्तिगत रूपमा मेरो लागि यहाँ विकास गर्नु राम्रो हो र यहाँ धेरै उत्कृष्ट खेलाडीहरू छन् । जसबाटे मैले धेरै कुराहरू सिक्न सक्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here