काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न राजनीतिक समितिको बैठक बोलाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपा सरकारमा सहभागी भएको छैन। सरकारमा सहभागिताबारे छलफल गर्न राजनीतिक समितिको बैठक बोलाइएको जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले जानकारी दिए। ‘हामीले यो सरकारलाई समर्थन गरेका छौं।
विश्वासको मत पनि दिन्छौं,’उनले भने,’सरकारमा कस्तो अवस्थामा सहभागी हुने र कुन हैसियत दाबी गर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्छ।’


















