काठमाडाैं । रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.ए. तेस्राे बर्षमा नेपालभाषा अध्ययन विध्यार्थी तथा शिक्षकहरू तथा नेपालभाषा अभियान्ता विध्यार्थीहरू बीच हालै नेपालभाषामा देखापरेका तत्काल समस्या समाधान गरी संरक्षण गर्ने सवालमा त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम पुष १४ गते बिहिबार भएकाे छ ।
नेपालभाषा अभियान्ता एवम् सुकुन्दा साहित्य पाःलाःका अध्यक्षले सभ्य भव्य रूपमा करिब १७ बर्षपछि सुकुन्दा बार्षिक पत्रिका प्रकाशन गराउन सफल भएका धन्यवाद तक्राउँदै प्रशान्त डंगाेलले सुकुन्दा साहित्य पाःलाः काे क्याम्पस प्रशासनले कार्यालयकाे व्यवस्थापनका साथै एम.ए. मास्तर्सका नेपालभाषा डिर्पामेन्टमा पहल गर्नु पर्ने तथा विध्यार्थीका लागि चाहिने पाठयपुस्तककाे प्रयाप्त मात्रामा व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।
नेपालभाषा अभियान्ता एवम् नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले जहाँ चुनाैति हुन्छ त्यहाँ अवसर पनि रहेकाे हुन्छ । नेपालभाषा बि.ए. देखि एम. तहमा नेपालभाषा अभियान सफल भएता नेपालभाषाकाे अभियान सफल भएता पनि यसकाे संरक्षण सम्बद्वन गर्न क्याम्पस प्रशासनले चासाे नदेखाएकाेप्रति अहिले गम्भीर रूप प्रश्न उठ्न थालिएकाे जनाउँदै क्याम्पस प्रशासनकाे तर्फबाट प्रयाप्त मात्रामा कक्षा काेठाकाे व्यवस्था हुनु पर्नेमा जाेड दिए । विध्यार्थी संगठनकाे तर्फबाट सक्दाे नेपालभाषा भर्ना अभियान क्षमताले भ्याएसम्म प्रचारप्रसार गरिरहेकाे जनाए । साथै कम्प्युटर, बिसिए लगायत अन्य विषय सरह प्रचारप्रसार गरी संरक्षण सम्बद्वन गराउने सवालमा ध्यानाकर्षण क्याम्पस सहायक समक्ष ध्यानाकर्षण गराएका थिए ।
नेपालभाषा अभियान्ता एवम् नेवाः विध्यार्थी युनियनका सदस्यले मनिस मानवले नेपालभाषामा १० जना विध्यार्थी अनिर्वाय काेटा खारेज गराउनु पर्ने तथा नेपालभाषाकाे विषयमा प्रचार प्रसारकाे सन्दर्भमा क्याम्पस माैन किन हुनु परेकाे तथा सीमित नेपालभाषा अभियान्ताहरूकाे मात्रै दायित्व कि प्रशासनकाे पनि दायित्व हाे साे विषयमा गम्भीर भएर विध्यार्थी संख्या बढाउने विषयप्रति रत्न राज्य लक्षमी क्याम्पसका सहायक रविन श्रेष्ठलाई अवगत गराए ।
नेपालभाषा शिक्षक अनुपसिंह सुवालले रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा संरक्षण सम्बद्वन गर्न तथा विध्यार्थीहरूका लागि छात्रवृत्तिका लगि सुकुन्दा साहित्य पाःलाः एल्मुनाइ एशासियसन स्थापनामा जाेड दिदै तथा नेवारहरूकाे विभिन्न संगठनहरूले समेत विध्यार्थीकाे संख्या बढाउने सवालमा विशेष ध्यान दिनुपर्नेमा जाेड दिदै आफ्नाे व्यक्तिगत तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्वता राखे ।
कार्यक्रमकाे अन्त्यमा रबिनदास श्रेष्ठले आफु संगितकाे शिक्षक भएकाे आधारमा दिपार्टमेन्टकाे सवालमा संगित विषयमा समेत दिपार्टमेन्टकाे समस्या रहेकाे जनाउँदै बि.ए. तहमा विध्यार्थी संख्या बढाउन सम्पूर्ण शिक्षक विध्यार्थी हातेमालाे गरी लाग्नु पर्ने जनाउँदै नेपाल भाषा विषयमा १० जना विध्यार्थी सवालमा नेपालभाषाकाे विषय समिति छ कि छैन साे वारेमा जानकारी लिएर अघि बढ्नु पर्नेमा जाेड दिदै नेपालभाषा संरक्षण सम्बद्नमा आफ्नाे तर्फबाट सक्दाे अग्रगामी भूमिका निर्वाह गर्न बचनबद्व रहेकाे जनाएका थिए ।
साथै रत्न राज्यलक्ष्मी क्याम्पसमा बि.ए. तहमा नेपालभाषा अध्ययनरत बि.ए. तेश्राे बर्षमा अध्ययनरत विध्यार्थीद्वारा क्याम्पस सहायकमा नियुक्ति भएका रबिन श्रेष्ठ तथा क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा. बुद्धिप्रसाद सापकोटाकाे कार्यकाल सफलताकाे कामना गरी सम्मान कार्यक्रम गत मंसिर २९ गते गरेकाे थियाे ।
रत्नराज्य लक्ष्मी क्याम्पसका बि.ए. तेश्रो बर्षमा अध्ययनरत श्री सुगन्ध राजकर्णिकारका सभापतित्वमा भएको कार्यक्रममा बि.ए. देखि एम.ए तहमा नेपालभाषा अध्यापन गराउने प्रो. डा. चन्द्रमान बज्राचार्य, श्रीमिला सुवाल, मदनसेन बज्राचार्य, दिपना शर्मा, अनुप सिंह सुवाल, दिपना शर्मा, दिपा महर्जन, योगेन्द्र राजकर्णिकार, सुनिता राजभण्डारीलाई विद्यार्थी मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
























