काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको छ ।
सत्ता गठबन्धनको बिहीबार बसेको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो।
बिहीबारको बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने निर्णय पनि गरेको थियो। बालुवाटार स्रोतका अनुसार शुक्रबार बिहान शीर्ष नेताद्वयबीच भएको बैठकमा न्यूनतम साझा कार्यक्रमका विषयवस्तुलगायतका विषयमा कुराकानी भएको थियो।


















