प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा विधिवत् रुपमा सम्पन्न

78

काठमाडाैं । प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लीला प्रकाश सिटौलाको अध्यक्षतामा राजधानीमा सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको हो ।

बैंकको साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । आज सम्पन्न बैंकको साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७८/७९ को मुनाफाबाट गत आ.व. २०७८/०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनश शेयर र बोनश शेयर र नगद लाभांसमा लाग्ने कर समेतका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता शेयर बराबर प्रभु बैंकको १०० कित्ता शेयर प्रदान गर्ने गरी उक्त बैंकलाई प्राप्ति (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतिबाट पारित÷अनुमोदन गरेको छ । यस्तै बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय पनि गरेको छ । यस्तै साधारण सभाले ६.५० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here