दूधको मूल्यवृद्धि फिर्ता

45

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि दूधको मूल्यवृद्धि फिर्ता लिइएको छ । यही पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरिएको थियो।

जसको चौतर्फी विरोध भएपछि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मा दूधको मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिए।

त्यसपछि बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरूको बैठकले दूधको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here