नेसपाका अध्यक्ष भट्टराई माकेसँग पार्टी एकताका लागि अगाडि बढ्याे

61

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेगरी अगाडि बढेका छन्। सो पक्रियाका लागि उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन्।

उक्त बैठकमा पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषय र माओवादीसँगको एकताको बारेमा छलफल हुने बनाइएको छ।

नेपाल समाजवादी पार्टीले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हको प्रयोग गरेका थिए। यसैगरी, आफू निर्वाचित हुँदै गरेको गोर्खा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाडिदिएका थिए ।

जनयुद्धकालमा सहकार्य गरेका प्रचण्ड र बाबुराम पछिल्लो समय नजिक छन्। प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग सोमबार अध्यक्ष भट्टराईले भेटवार्ता गरेका थिए।

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव विजयी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here