काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ माल्दिभ्स फर्किएका छन्।
माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट शीर्ष डिभिजनको धिवेही प्रिमियर लिग खेलिरहेका किरण बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्। किरण अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि गत बुधबार नेपाल आएका थिए।
किरणको नेतृत्वमा घरेलु मैदानमा नेपाली टोलीले मरिससविरुद्धको दुवै खेलमा समान १–० को जित निकालेको थियो। गत शनिबार सम्पन्न पहिलो खेलमा विमलघर्ती मगरले र मंगलबार सम्पन्न दोस्रो खेलमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए। दोस्रो खेलमा पेनाल्टी बचाएका किरण उत्कृष्ट प्रदर्शनका आधारमा खेलको ‘म्यान अफ दि म्यान’समेत घोषित भएका थिए।


















