मुलुकमा दुई लाख ६६ हजार ५४० जनाले कोरोनाविरुद्धको खोप लगाए

49

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कूल १२ हजार ६०५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ हजार ७२३ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ६६ हजार ५४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ६३ हजार २९६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here