कम्बाेडियामा ज्यान गुमाएका निराकारको परिवारलाई सहयोग गर्ने सरकारको प्रतिबद्धता

37
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बाेडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन्।

प्रधानमन्त्री दाहालले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइ अग्निसँग भेट गरेका हुन्। रोजगारीका लागि कम्बाेडियामा रहेका निराकारको ग्राण्ड डायमण्डसिटी क्यासिनोमा भएको आगलागीमा बिहीबार राति मृत्यु भएकाे थियाे।

छोराको अप्रत्याशित निधनले आफूहरू स्तब्ध भएको जनाउँदै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति अग्निले धन्यवाद व्यक्त गरे। प्रधानमन्त्री दाहालले निराकारको शव स्वदेश ल्याउन र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

सो अवसरमा अर्थमन्त्री विष्णु पौडेल, पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने र मुख्यसचिव शंकरदास वैरागीलगायतको उपस्थिति थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here