भुमि समस्या समाधानको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न

131

काठमाडाैं । ज्यापु महागुथि नेपाः येँ महानगर समितिको आयोजनामा भुमि सम्बन्धि समस्या तथा समाधानको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
योगेश भट्टराई भन्छन्- पुस २७ को बिदा राजाका लागि होइन, देश एकीकरणका नायकका लागि हो

कार्यक्रममा नेपालमा विद्यमान, भूमि सम्वन्धि समस्या, समाधानका उपाय, सुकुम्वासी समस्या लगायतका विषयमा चर्चा गरिएको थियो ।

राष्ट्रिय भुमि आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले भूमिहीन सुकुम्वासी, भूमिहीन दलितको व्यवस्थापन, जग्गा वितरणका लागि गर्दै आएका काम कारवाहीको बारेमा जानकारी गराए ।त्यसैगरी कानून व्यवसायी नरेश श्रेष्ठले सुकुम्वासी र स्वबासी बीचको भिन्नता, राज्यले दिएको भूमि सम्वन्धि अधिकारको विषयमा जानकारी गराएका थिए । महागुथिका केन्द्रीय अध्यक्ष राजभाई जकःमिले काठमाडौं उपत्यकाका नेवार समुदायमै स्वबासी मात्र नभई सुकुम्वासीसमेत भएको कुरा आफुले अहिले मात्र थाहा पाएको बताए । महागुथि अन्तर्गतको युवा, स्वास्थ्य तथा अतिरिक्त बिभागको संयोजकत्वमा भएको कार्यक्रममा महागुथि येँ महानगर समितिका अध्यक्ष पन्चनारायण, महागुथिका केन्द्रिय सल्लाहकार राजभाई ज्यापु, कानून व्यवसायी युद्धमान महर्जन, राजु शाक्य, सुनिल महर्जन र नीना डंगोललगायतको उपस्थिती रहेको थियो ।

साथै राष्ट्रिय भुमि आयोग काठमाडौ जिल्ला अध्यक्षसमेत रहेका, महागुथि महानगर समितिका सचिबालय सदस्य श्याम कृष्ण प्रजापति, आयोगका बिज्ञ सदस्य योगेश पौडेल, सदस्य मोतिलाल लामाको साथै महागुथि अन्तर्गतका ६३ टोलका अध्यक्षलगायत युवा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here