प्रेस स्वतन्त्रतामा अंकुश नलगाइने सञ्चारमन्त्रीको स्पष्टोक्ति

197

काठमाडौं /  सञ्चारकर्मीहरु समाचार लेखेकै कारणबाट पक्राउ परिरहेका र हत्कडि लगाउँदै अदालततिर म्याद थप्न लगिरहेका दृश्यहरु पञ्चायतकालमा जस्तै हालका दिनहरुमा पनि देखिएका छन् । यस्तो अवस्था भोगिरहेका पत्रकारहरुबीच सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारहरुलाई आशा लाग्ने अभिव्यक्ति दिएका छन् ।  संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको बास्कोटाले  जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको भन्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने धारणा व्यक्त गरेका छन् ।

नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल र खुलापनका कारण पनि संकुचन हुनै नसक्ने मन्त्री बास्कोटाको तर्क छ ।

मन्त्री बास्कोटाले संविधानको मूलभूत मान्यताभन्दा बाहिर गएर कानुन बनाउने आशंका नगर्न सबैलाई आग्रह गर्दै सरकार लोकतन्त्रको विश्वव्यापी मान्यतामा एकाकार र सहमत भएर अघि बढ्न प्रतिवद्ध रहेको जनाए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता सुनिश्चित गर्नु आज पनि चुनौतिको रुपमा रहेको जनाए । प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि  उनले गराएका छन् ।  प्रेस स्वतन्त्रताको रक्षाका लागि जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यक्तामा भने अध्यक्ष आचार्यले जाेड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here