काठमाडौं । यही जनवरी १३ देखि बंगलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले गर्नुभएको छ ।
टोलीको ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री, प्रशिक्षकमा रामकुमार थारु, रेफ्रीमा साईला गमाल र अफिसियलमा पुष्पराज गिरी हुनुहुन्छ । खेलाडीहरुमा राजनकुमार पाईजा, लक्ष्मण पुन, बिजल पाईजा, गणेश पाईजा, सिताराम लामा, अमृत लामा, तेजिन्द्र पाईजा, मन्दिप खड्का, देवकुमार तामाङ, श्री किशुन शाह, रामदास गोपाली, समित महर्जन, प्रेमप्रसाद नेपाल, पहलमान महर्जन, शम्भु नेपाली, पशुपति बुढा, बिनुमाया तामाङ र हेमा खड्काले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
टोलीलाई नेपाल कराते महासंघका कार्यवाहक दावा गुरुङले एक कार्यक्रमबीच बिदाई गर्नुभयो ।

















