काठमाडौं । माघ ५ गते प्रतिनिधिसभा सभामुखको निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।बुधबार नै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ ।
माघ ५ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तिाव गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै उम्मेद्वारको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।


















