अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन काठमाडाैंमा हुँदै

231

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २-४ मा काठमाडाैंमा हुँदै छ। आगामी अध्यक्षका लागि तीनजना मुख्य दाबेदार छन्। वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष लोकेश निरौला र महासचिव समिक बडाल भावी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन्।

तीनैजना बीसौँ महाधिवेशन जनकपुरबाट निर्वाचित केन्द्रीय सदस्य हुन्। बीसौँ महाधिवेशनअघि २०६७ मा भएको काठमाडाैं क्याम्पस जिल्ला कमिटीको अध्यक्षमा लामिछाने र निरौलाले प्रतिस्पर्धा गरेका थिए। जहाँ निरौला निर्वाचित भएका थिए। २२ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंबाट लामिछाने र बडाल सचिवमा निर्वाचित भएका थिए भने निरौला सचिवालय सदस्यमा निर्वाचित  थिए।

२०६२ को स्ववियु निर्वाचनमा बानेश्वर क्याम्पस, बानेश्वरमा नवीना लामा सभापति निर्वाचित हुँदा निरौला उपसभापति निर्वाचित भएका थिए। २०६२ कै स्ववियु निर्वाचन मा त्रि-चन्द्र क्याम्पसमा  बडाल स्ववियु सदस्यमा निर्वाचित भएका थिए।

उपाध्यक्षहरू मोती विक, वाङ्छु योञ्जन, उमेश आचार्य, झपीन्द्र खत्री र कल्पना वाइवा पनि अध्यक्षका आकांक्षी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here