स्व गजेन्द्रनारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम मनायाे

112

काठमाडौं । सद्भावना पार्टी खोलेर नेपालमा मधेसको राजनीतिलाई संस्थागत रुपमा अगाडि बढाएका स्व गजेन्द्रनारायण सिंहको सम्झनामा मंगलबार विभिन्न कार्यक्रम गरिएको छ।

गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले उनको सम्झनामा काठमाडौंमा विभिन्न कार्यक्रम गरेको हो।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहित जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी सहितका नेताहरु सहभागी थिए।

नेपालमा ०४६ को राजनीतिक परिर्वतनपछि सद्भावना पार्टी खालेर स्व सिंहले मधेसकेन्द्रित राजनीति सुरु गरेका थिए। पछि नेपालमा तीनवटा मधेश आन्दोलन नै भएपछि स्व सिंले गरेको राजनीति थप फैलिएको मधेसमामिला जानकारहरु बताउँछन्।

सिंहको पुण्य तिथिका अवसरमा मंगलबार मधेस प्रदेशका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here