एनआईसी एशियाका ग्राहकहरूलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने

64

काठमाडौं । ‘डिजिटल फष्र्ट बैंक’बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको  एनआईसी एशिया बैंकका ग्राहकहरूलाई भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ।  सो समझदारीपत्रमा बैंकका तर्फबाट चिफलाइफ स्टाइल बैंकिङ युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्राडा अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन्।

उक्त समझदारीअनुसार अब बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड,क्रेडिट कार्डवा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्नेछन्। यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले  उक्त सेन्टरमा थ्रिडी, सिआरटी, आइएमआरटी, भिम्याट, टिबीआई लगाएतका  उपचारमा ५÷५ प्रतिशत छुट पाउनेछन्। साथै अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बताइएको छ। साथै, बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ।

एनआई सी एशिया  मुलुकमा सबैभन्दा धेरै सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो। यस बैंकले मुलुकभर ३५९ शाखाकार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित सेवा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवादिन यस बैंक सफल भएको छ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्चआर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिलागर्ने बैंकको रुपमा स्थापितहुन बैंक सफलभएको छ। जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखाकार्यालयहरू स्थापना गरेको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here