सुलक्षण कीर्ति क्याम्पस स्थापनामा अतुल्नीय याेगदानदिनेहरूलाई सम्मान

51

काठमाडाैं । सुलक्षण कीर्ति क्याम्पसको एक बर्षको बार्षिक उत्सावको अवसरमा सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रम आयोजना गत माघ ९ गते सोमबार गरिएकाे छ ।

सुलक्षण कीर्ति क्याम्पसको स्थापनाकालदेखि हालसम्म क्यापसको प्राज्ञिक तथा प्रशासनिक जिम्मेवारीका विभिन्न पदहरूमा कार्यरत रही अभिन्न रूपमा प्राज्ञिक सेवा गरी क्याम्पसको विकासमा योगदान पुऱ्याउनु भएका व्यक्तित्वहरूलाई क्याम्पस सञ्चालक समितिको तर्फबाट विशेष सम्मान तथा कदर-पत्र वितरण कार्यक्रम गरिएको कार्यक्रममा डा. लाक्पा शेर्पा, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक, सहायक प्रा. डा. सुमन मानन्धर, क्याम्पस प्रमुख, डा. नरविक्रम थापा, प्रमुख अनुसन्धान निर्देशक तथा दिगो विकास प्रोफेसर, डा. एकराज ओझा, प्रमुख प्राज्ञ निर्देशक तथा दिगो विकास प्रोफेसर, डा. महेन्द्र सापकोटा, पठ्यक्रम निर्माण संयोजक तथा दिगो विकास विज्ञ, डा. सन्तोष केसी, प्रोग्राम सस्टेनाबिलिटी डाइरेक्टर तथा आई. टी. विशेषज्ञ डा. विष्णुकुमार सिञ्जाली, सहायक क्याम्पस प्रमुख, दामोदर त्रिपाठी, सहायक क्याम्पस प्रमुख, ओमकृष्ण प्रसाई, सहायक क्याम्पस प्रमुख, विद्या शाक्य, प्रमुख प्रशासक, शान्ति शाक्य, सहायक क्याम्पस प्रमुख, रिदेन महर्जन, मेडिया सम्पर्क तथा कम्प्यूटर सहायक, सजना मानन्धर, कार्यालय व्यवस्थापक तथा सहायक प्रशासक सम्मान गरिएको थियो ।

“आजको आवश्यकता : दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान-विज्ञानमा आधारित दिगो विकास शिक्षा”  लुम्बिनी बौद्ध विश्वविद्यालय-सुलक्षण कीर्ति विहार शैक्षिक सहकार्यमा स्थापना भएकाे यस क्याम्पसमा साैहार्दपुर्ण तरिकाले अहिले कक्षा निरन्तर जारी रहेकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here